बैशाख २०, २०८२ शनिबार

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख नौ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको हो ।

आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार  २ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]