बैशाख २६, २०८२ शुक्रबार

गौरीगञ्जमा २४ हजारको अवैध माछा नष्ट

बिर्तामोड । इलाका प्रहरी कार्यालय गौरीगञ्जले अवैध मुङ्ग्री माछा बरामद गरी नष्ट गरेको छ । आज दिउँसो ४ बजे गौरीगञ्ज गाँउपालिका वडा नम्वर ६ भारु चोकस्थितमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ प्लाष्टिकको ड्रममा ल्याउदै गरेको माछा बरामद गरिएको थियो ।

प्रहरीका अनुसार अन्दाजी ७० के.जी. २४ हजार ५ सय बराबरको मुङ्ग्री माछा बरामद गरी स्थानीयको रोहवरमा नष्ट गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका माछा धनिको खोजतलास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]