असार ३, २०८२ मंगलबार

पत्रकारको सुरक्षा प्रशासनले गर्छ, खवर गर्नु : प्रजिअ अधिकारी

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताउनुभएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खवर गर्न भन्नुभएको छ ।

राजावादी समर्थकहरूको तीनकुनेमा प्रदर्शनको क्रममा जलाएर हत्या गरिएका पत्रकारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाउने क्रममा प्रजिअ अधिकारीले यस्तो बताउनुभएको हो ।

घटनाका बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघ झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र पढेर प्रजिअ अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझाउन पत्रकार महासंघको कार्यसमिति, पूर्व अध्यक्षहरु, संघ संगठनको नेतृत्व, प्रेस क्लवका अध्यक्ष तथा प्रतिनिधिहरु , झापाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

दमकमा पनि इलाका प्रशासन कार्यालयमा महासंघका प्रतिनिधिहरुको नेतृत्वमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  २ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]