बैशाख २०, २०८२ शनिबार

प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु

झापा, १८ चैत – बिर्तामोडमा आज (सोमबार) देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे ।

वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा जिल्लाका ४१ जना खेलाडीले सहभागिता जनाएको खेल संयोजक विशाल अग्रवालले जानकारी दिए ।

बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शर्मा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा पहिलो चरण बेस्ट अफ थ्री, दोस्रो चरण बेस्ट अफ फाइभ, तेस्रो चरण बेस्ट अफ सेभेन र फाइनल राउण्ड बेस्ट अफ नाइनको फर्मेटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]