बैशाख १९, २०८२ शुक्रबार

अर्जुनधारामा तटवन्धनका लागि ४ करोडको योजना, प्रभावित क्षेत्रका जनता उत्साहित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई तटवन्धनका लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ । जनताको तटबन्धन कार्यालय झापाबाट अर्जुनधाराको विभिन्न क्षेत्रमा तटवन्धन गर्न उक्त रकम प्राप्त भएको हो । तटवन्धन हुने भएपछि सो क्षेत्रका जनता उत्साहित भएका छन् । वर्षौदेखि प्रभावित रहेको क्षेत्रमा तटवन्धन हुने भएपछि स्थानीय नागरिक दिपराज तामाङले खुशी व्यक्त गरेका छन् । उनले भने, अब ढुक्कले निदाउने दिन आयो ।

अर्जुनधारा नगरपालिकाका अनुसार वडा नम्बर १ को माटे , पुष्पलाल मार्ग उत्तर वडा नम्बर ७, कैलास घाट पश्चिम वडा नम्बर ७, बालुवाटार पूर्व वडा नं ७, पानीकल अर्जुनधारा वडा नम्बर ५ मा तटबन्धन निर्माणका लागि ४ करोड भन्दामाथि बजेट उपलब्ध भएको हो ।
सभामुख देवराज घिमिरे, नगरप्रमुख बलदेवसिंह गोम्देन, सभामुखका सचिवालयका प्रतिनिधि केशव ढुंगेल र वडा जनप्रतिनिधिहरुको पहलमा तटबन्धन योजना आएको बतायउको छ ।

तटबन्धन कार्यालयले ठेक्कका समेत खोलिसकेको जनाइएको छ ।

तटबन्धन नहुँदा हरेक वर्ष सयौं परिवार प्रभावित हुँदै आएको थिए । निर्वाचनका बेला जनप्रतिनिधिह्रले विजय प्राप्त गरेपछि तटवन्धन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  २ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]