बैशाख २०, २०८२ शनिबार

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ : पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८१ चैत १५ गते शुक्रवार काठमाडौंको तीनकुनेमा घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनु भएको छ।

पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले घटनाको जिम्मा पूर्वराजा शाहले नै लिनुपर्ने बताउनु भएको हो। पूर्वराजा ज्ञानेन्द्रले नै दुर्गा प्रसाईँलाई कमाण्डर बनाएकोले प्रसाईँले जे गरे ज्ञानेन्द्रकै निर्देशनमा गरेका स्पष्ट पार्नुभयो। पूर्वराजाको निर्देशनमै प्रदर्शन आयोजना गरिएको र त्यस क्रममा अराजकता फैलाइएको आरोप समेत उहाँले लगाउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘दुई जना युवाको ज्यान गयो। यसको कमान्डर दुर्गा प्रसाईं थिए। ज्ञानेन्द्रले नै निर्मल निर्वास बोलाएर प्रसाईंलाई कमान्डर तोकेका हुन्। त्यसकारण त्यहाँ प्रसाईं र अरुले जे गरे पनि त्यो ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको हो। राप्रपाको पनि होइन।’

बंगलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम छरेर प्रसाईंलाई परिचालन गरिएको उहाँको भनाइ छ। ‘बंगलादेशमा जस्तै लुटपाट गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम राखियो। दुर्गा प्रसाईंलाई परिचालन गरियो,’महासचिव पोखरेलले भन्नुभयो ।

राजावादीहरुले निजी घर, निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापारिक भवन तथा मिडिया हाउसमा तोडफोड गरेर क्षति पुर्‍याइएको थियो।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]