बैशाख १९, २०८२ शुक्रबार

शिवसताक्षी कै नमुना बन्यो, दुधे–शिवगञ्ज सडक

सरोज भट्टराई

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

साविकको सानो सडकललाई १० मिटर चौडा गरेर कालो पत्रे गरिएको हो । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको सम्पन्न भएको नगरप्रमुख मेघाहाङ्ग थोप्राले जानकारी दिनु भयो । उहाँले उक्त सडक नगरपालिका हुँदै भारतको सिमानासम्म जाने भएकाले सवारीको चापलाई मध्यनजर गर्दै सडक चौडा गरिएको बताउनु भयो ।

हाल निर्माण भएको स्थानबाट दक्षिण पनि सडकको दुवै पट्टीको भागमा माटो पुर्ने काम भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा सडक निर्माण कार्यले निरन्तरता पाउने नगरप्रमुख थोप्राको भनाई छ । उक्त सडक क्लोबल कस्ट्रक्सन शिवसताक्षी ९ ले निर्माण गरेको हो ।

शिवसताक्षीको गौरवको सडक रिङ्गरोड अन्तर्गत कै नगरको वडा न. ३ र ४ जोड्ने १४ सय ७० मिटर सडक पनि कालो पत्रे भएको छ । जसको चौडा ५.५ मिटर रहेको छ ।

त्यस्तै गरी शिवसताक्षीको वडा नं. २ स्थित कमल खोला पुर्व मोती माध्यमिक विद्यालयसम्म निर्माधिन सडक पनि कालो पत्रे भएको छ ।


नगरपालिकाबाट विनियोजित ४४ लाख २१ हजार ९८५ रुपैया बजेट सडकको कालोपत्रेको काम सम्पन्न भएको हो । उक्त सडकको लम्बाई ५५० मिटर चौडा ५.५ मिटर रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सडकको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक नरमाया कार्की लगायत नगरका प्राविधिक टोली निरन्तर अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएका सडकहरु तोकिएको मापदण्ड अनुसार नै निर्माण भएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिनुभयो । उहाँले हाल सडक निर्माण तिब्र गतिमा काम भइरहेको र बर्खा लाग्नु अगावै सडकको निर्माणको काम सक्न जानकारी दिनु भयो ।

शिवसताक्षीको रिङ्गरोड अन्तर्गत कै व्याङ्गडाँडा माइधार सडकखण्डको आइतबारेमा सडक कालो पत्रेको तयारी भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]