बैशाख २०, २०८२ शनिबार

शिवसताक्षी मेयर कप : वडा नं. २ र १० विजयी

व्याडमिन्टनमा ९ नं. च्याम्पियन

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो ।

वडा नं. २ का खेलाडी जहन मुर्मुले खेलको ५ र ४६ मिनेटमा गरी २ गोल लगाए भने, वडा नं. ३ का खेलाडी दुर्गा माबोले खेलको ४८ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफदी म्याच वडा नं २ का जहन मुर्मु घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा नं. १० विजयी भएको छ । वडा नं. १ लाई २–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको हो । वडा नं. १० को तर्फबाट सिमेन राईले खेलको ४ मिनेट र लविस फागोले ७ मिनेटमा गोल गरेका थिए । खेलको म्यान आफदी म्याच लविस फागो घाषित भए ।

दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई जनही नगद २ हजार एक सय नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले प्रदान गरेको थियो ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । आइतबार वडा नं. ४ र ७ बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शनिबार वडा नं. २ र ३ र वडा नं. १ र १० बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ११ लाई सोझो सटमा हराउँदै वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ९ बाट अग्नी खरेल र समशेर चौधरी खेलमा सहभागी भएका थिए । त्यस्तै वडा नं. ११ बाट अशोक राई र विकास कुमालले रहेका थिए ।

त्यस्तै गरी भलिबल खेल तर्फ वडा नं. ७ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ लाई हराउँदै वडा नं. ७ फाइनलमा प्रवेश गरेको हो । त्यसै गरी वडा वडा नं. ५ लाई हराउँदै वडा नं. ९ सेमीमा प्रवेश गरेको छ ।
प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]