जेष्ठ २, २०८२ बिहीबार

केचनाका तीन घरमा चोरी

बनियानी । कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन वटा घरमा चोरी भएको छ। शनिबार राति करिब ९ बजेको समयमा लाखौंको धनमाल चोरी भएको हो ।

स्थानीय प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टंक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ , लक्ष्मी चौहानको घरमा रहेका सामानहरू छरपस्ट पारी चोरी गर्नेहरु फरार भएका थिए ।

घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेको र घरहरू सुनसान भएको कारण चोरी भएको अनुमान गरिएको छ।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]