जेष्ठ २, २०८२ बिहीबार

खोटाङमा एमालेको जरा अभियान तिब्र

विभिन्न पार्टीका ५१ जना नेता कार्यकर्ता प्रवेश 

खोटाङ – नेकपा एमालेले सुरु गरेको ‘जरा केन्द्रित अभियान’ खोटाङमा तीव्र बन्दै गएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आयोजित जागरण सभा तथा क्यालेन्डर विमोचन कार्यक्रममा नेकपा एसका उपाध्यक्ष नरेश राई र काँग्रेस नेता राजकुमार पौडेलसहित ५१ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेपछि अभियानले नयाँ उचाइ लिएको छ।

उनीहरूले आइतबार नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटीद्वारा आयोजित जरा केन्द्रित अभियान, जागरण सभा तथा क्यालेन्डर विमोचन कार्यक्रमूमा पार्टी प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराई, केन्द्रीय सदस्यहरू उषाकला राई, खगेन्द्र राई लगायत नेताहरूले अबिर र खादा लगाएर स्वागत गरे।

पोलिटब्युरो सदस्य भट्टराईले नवप्रवेशीहरूलाई क्षमताअनुसार पार्टीको जिम्मेवारी दिइने जानकारी दिएका छन्।उनले सामाजिक सञ्जालमा एमालेविरुद्ध गाली गर्नेहरूलाई चेतावनी दिँदै भने, “गाउँ–गाउँमा एमालेप्रति जनताको आकर्षण तीव्र छ, सामाजिक सञ्जालको गालीले असर गर्दैन।”

कार्यक्रममा गाउँपालिकाको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू तथा पार्टीका गतिविधिहरूको झलक दिने क्यालेन्डर विमोचन गरियो। साथै, ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

एमालेका पोलिटब्युरो सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू उषाकला राई, खगेन्द्र राई, कोशी प्रदेश सदस्य चर्चबहादुर बिश्वकर्मा, निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, जिल्ला उपसचिव राजन बञ्जारा, गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगर लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता पालिका कमिटी अध्यक्ष मनोज राईले गरेका थिए भने सञ्चालन उपसचिव भूपेन्द्र बस्नेतले गरेका थिए।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]