जेष्ठ २, २०८२ बिहीबार

मानव अधिकार आयोग जाँदै रास्वपा

काठमाडौं, २५ चैत । पार्टी सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मानव अधिकार आयोग जाने भएको छ ।

पक्राउका क्रममा सामान्य प्रक्रिया पनि पालना नगरिएको भन्दै रास्वपा आयोग जाने भएको हो । सभापतिले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थितिमा पनि बेडरूममै आएर धरपकड गरिएको रास्वपाले जनाएको छ ।

सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]