बैशाख १९, २०८२ शुक्रबार

किराँत राई यायोक्खा अर्जुनधाराको साधारणसभा

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको २९ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका – ९ कटहरडाँडास्थित यलम्बर भवनमा संस्थाद्वारा आयोजित साधारणसभाले आर्थिक प्रतिवेदनहरु पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

किराँत राई यायोक्खा झापा जिल्ला कार्यसमितिका अध्यक्ष गणेश बहादुर चाम्लिङ राईको प्रमुख आतिथ्यतामा नगरसमितिका अध्यक्ष विजय साङपाङ राईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सिंह बहादुर चाम्लिङ राई कार्यालय भवन निर्माणाधिन हालसम्मको आय–व्यय प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार आम्दानी २५ लाख ३१ हजार ७ सय ५० रुपैयाँ र खर्चतर्फ २४ लाख ४६ हजार १ रुपैयाँ रहेको रहेको छ । त्यस्तै संस्थाका वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ्ग राईले कल्याण बचत कोषको आम्दानी १३ लाख ५५ हजार ४ सय ८६ रुपैयाँ र खर्च १३ लाख ५५ हजार ४८३ रुपैयाँको विवरण प्रस्तुत गरिन् ।

अध्यक्ष साङपाङ राईको सभापतित्व र सचिव चाम्लिङ राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गणेश चाम्लिङले शुभकामना मन्तव्य राख्दै मान्छेहरु मरेर सकिन्दैन् तर धर्म , संस्कार , संस्कृति लोभ भए हामी सबै सकिने हुँदा आफ्नो भाषा, मुन्धुम, संस्कार र संस्कृति जगेर्ना गर्न आग्रह गरे । उनले भने, सत्ताका लागि राई जातिलाई पछि पारिरहेकोले आउँदो चुनावमा पार्टीलाई राई जातिका उमेदवारलाई भोट दिएर जिताउन अनुरोध समेत गरे । विशिष्ट अतिथि एवं नेपाल आदिवासी, जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषदका अध्यक्ष कर्ण बहादुर तामाङले संस्थाको उत्तरोत्तर प्रगतिका निम्ति शुभकामना दिदै कार्यालय भवन निर्माणका लागि २० हजार रुपैयाँ सहयोग प्रतिवद्धता गरे ।

अर्का वक्ता किराँत राई मुन्धुम अनुसन्धान केन्द्र झापाका अध्यक्ष रमेश चाम्लिङ राईले सबै राईहरुको मुन्धुम अध्ययन गरेर हामीले ठोस निष्कर्ष निकालेर किराँत राई मुन्धुम सम्बन्धी एउटा सानो पुस्तक तयार पारेको अवगत गराए । हामीले पुस्तक छापेर नाफा कमाउनका लागि नभएर ज्ञान दिने उद्देश्य रहेको उनले बताए । कार्यक्रममा थारु कल्याणकारी समाजका अध्यक्ष सिर्जलाल चौधरी ,किराँत राई यायोक्खा जिल्ला सदस्य क्याप्टेन शिवकुमार राई , नगर सल्लाहकार कुसुम थुलुङ्ग राई , वरिष्ठ उपाध्यक्ष भूपा राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि ठाक बहादुर चाम्लिङ राई साँस्कृतिक विभाग संयोजक रुपमा रहेर पद दुरुपयोग गरेको हुँदा निजलाई बर्खास्त गरी सो पदमा सिद्धिमान राई नियुक्ति गरेको सचिव सिहं बहादुर राईले जानकारी दिए ।

सोही अवसरमा किराँती संस्कृति एकता र उत्थानका निम्ति तथा भवन निर्माण कार्यमा सहयोग पु¥याउने नारायण चाम्लिङ राईलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]