बैशाख २७, २०८२ शनिबार

नवौं वर्षमा इजलास : उपलब्धी रक्षार्थ प्रतिवद्ध छौं

प्रकाशकीय

हिजो अस्ति जस्तो लाग्छ, इजलासको प्रकाशन यात्रा प्रारम्भ भएको । ०७४ बैशाख १ गतेदेखि सुरु भएको यात्राको आठौं वर्ष पुरा भई आजबाट नवौं वर्ष प्रवेश गर्दैछौं । यो यात्रामा साथ, सहयोग र माया दिने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । टाईम्स मिडिया नेटवर्क प्रा.लिद्वारा प्रकाशित इजलास राष्ट्रिय दैनिकको आठ वर्ष असहजताका बीच पुरा गरेका छौं । कठिन मेहनत र निरन्तर यात्राको परिणामले नै यहाँसम्म आइपुगेका छौं । आम पाठकको माया र साथले हामी आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेका छौं ।

अखवार प्रकाशन अहिले अत्यन्तै जटिल बन्दै गइरहेको छ । प्रकाशनको सुरुवातमा ठिकै अवस्था थियो । बजार सहज थियो, विज्ञापनदातालाई सहज थियो । जसका कारण हामीलाई पनि सहज नहुने कुरै भएन । तर, अहिले सिंगो मुलुकमा समस्या छ । अर्थतनत्रको क्षेत्र समस्यामा छ । व्यापार व्यवसायको क्षेत्र पनि विगतमा जस्तो अनुकुल छैन । जसका बाबजुत प्रत्यक्ष असर भोग्नु परेको छ । यस्तो परिस्थितिमा पनि हामी नागरिकको सूचनाको हकलाई प्रत्याभूत गर्न प्रयासरत छौं ।
समाजमा रहेका सबैखाले विकृति विसंगतीको उत्खनन् र राज्यलाई जवाफदेहि बनाउने अठोट डगमगाएको छैन । नागरिकप्रति राज्यलाई खवरदारी गर्न संकल्प सहित सुरु भएको यात्रा निरन्तर अघि बढ्ने छ । ०७४ को निर्वाचनको बेला जिम्मेवार जनप्रतिनिधिहरु छनौट गर्नुपर्छ भन्ने खवरदारी रह्यो । त्यसयता, स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउने कर्तव्यबाट भागेका छैनौं । अखवार पत्रकारिता प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको छ । हामीले त्यसका लागि अनलाईन संस्करण पनि सञ्चालन गरिरहेका छौं ।

अहिले पत्रकारिता क्षेत्र, प्रेस स्वतन्त्रतामाथि नै हमला गर्ने काम पनि भइरहेको छ । आम नागरिकले ठुलो बलिदानीबाट प्राप्त गरेको यो परिवर्तनको पक्षमा, नागरिक स्वतन्त्रताको पक्षमा हाम्रो कलम रोकिनेवाला छैन । आम नागरिकहरुलाई प्राप्त उपलब्धी रक्षार्थ आवाज बुलन्द गर्न इजलास सधैंव प्रतिवद्ध रहेको छ ।
अन्त्यमा, जस्तोजुकै कठिन परिस्थितिमा पनि साथ सहयोग गर्नुहुने विज्ञापनदाता, पाठक वर्ग र शुभेच्छुकहरुमा आभार प्रकट गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दछौं ।

नारायणप्रसाद पोखरेल

अध्यक्ष 
टाइम्स मिडिया नेटवर्क प्रा.लि.

प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]