बैशाख १९, २०८२ शुक्रबार

बिर्तामोडमा प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने

बिर्तामोड । ‘चेसको मैदान, बुद्धिको लडाई’ भन्ने मुल नाराका साथ झापाको बिर्तामोडमा तीन दिने ‘राष्ट्रिय उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ । बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुङ्ग चुम्लुङ बिर्तामोड नगर कमिटीको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

आयोजक तथा सह–आयोजक संस्थाले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी जेठ २, ३ र ४ गते प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

बुद्धिचाल खेलको विकास, प्रवद्र्धन, खेलाडी उत्पादन र क्षमता विकाससँगै बुद्धिचाल खेलका पारखीहरुलाई समेत प्रत्साहन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका कार्यक्रम निर्देशक ज्वाला इङनाम लिम्बुले बताए । प्रतियोगितामा देशैभरका खेलाडीहरुको सहभागीता रहने बताइएको छ । प्रतियोगिताले आन्तरिक प्रर्यटनको प्रवर्धन, स्थानीय खेलाडी उत्पादनसँगै सिङ्गो कोशी प्रदेशको परिचयलाई स्थापित गराउने आयोजकको बुझाई छ । प्रतियोगितामा एक सय देखि एक सयवढी खेलाडीको सहभागीता हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोतिामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रोले ३५ हजार, तेस्रोले ३०, चौथोले २५, पाँचौले २० सहित १५ वटा बिधामा पुरस्कार पाउने साथै अन्य पनि बिभिन्न बिधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ९ लाख ६१ हजार ५०० रुपैयाँ खर्च हुने क्लबका अध्यक्ष नारायण राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा किरात याक्थुङ्ग चुम्लुङ बिर्तामोड नगर कमिटी अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार तथा प्रेस संयोजक बिजय बरालले गरेका थिए ।

कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ बिर्तामोड नगर कमिटी सचिव भीमामाया कन्दङ्वा, क्लबका सचिव बिष्णुप्रसाद पाठकलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]