बैशाख १९, २०८२ शुक्रबार

जेठा मुर्मुले चित्त दुखाए…

बिर्तामोड । झापाको सडकहरुमा गाउँ गीत गाउँदै हिड्ने दृष्टिबिहीन जेठा मुर्मुलाई मंगलवार कचनकलव गाउँपालिकाको परिसरमा एक थान साउण्ड सिस्टम प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र करुणा फाउण्डेशनका प्रतिनिधिहरुले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सडकमा गित गाउँनका लागि आवश्यक पर्ने साउण्ड सिस्टम हस्तान्तरण कार्यक्रममा दुई वटा गित गाएर मुर्मु भद्रपुर फर्किएका छन् । रितुहरुमा तिमि….आँखा छोपी नरोऊ… भन्ने गीत गाएका जेठ मुमु १७ वर्षदेखि सडकमा गीत गाएर जीवन धानिरहेका छन् ।

कचनकवल गाउँपालिका उनको आफ्नै पालिका हो । आफ्नै पालिकामा साउण्ड सिस्टम पाउने भनेपछि खुशी भएका मुर्मु दुखी भएर फर्किएका छन् । उनले भने जस्तो सिस्टम नपाएपछि सामान छोडेरै फर्किएको इजलाससित बताए । अपाङ्गता रोकथाम तथा पुनःस्थापनका लागि कचनकवल गाउँपालिकासँगको त्रिपक्षीय कार्यक्रम अन्तर्गत उनलाई साउण्ड सिस्टम प्रदान गरिएको हो ।

मुर्मुका अनुसार रिमोट राम्रोसँग चलेन । माइक्रोफोन पनि एक थान मात्रै रहेछ । हेवी स्पीकर होला भन्ने लागेको होइन रहेछ । सामान्य किसिमको सिस्टम धेरै विग्रिने गरेको उनको भनाई छ । चित्त नबुझेपछि करुणा फाउण्डेशन र दृष्टिबिहीन अगुवा दिलकुमार राजवंशीलाई छोडेर आएको मुर्मुले जानकारी दिए ।

अपांगता रोकथाम कार्यक्रम करुणा फाउन्डेसन नेपाल, कचनकवल गाउँपालिका र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन गरिएको हो ।

उक्त सामग्री प्रदान गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल तथा करुणा फाउन्डेसन पालिका संयोजक अञ्जना लामिछाने सहभागी थिए ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]