बैशाख १९, २०८२ शुक्रबार

‘तुर्सा हेमरम कवर्ड हल’ को शिलान्यास

चन्द्र बस्नेत

कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो ।

कवर्ड हलको शिलान्यास गर्नुहुँदै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा सुविधा सम्पन्न कवर्ड हल आवश्यक रहेको बताउनुभयो । खेलकुदसँग सम्बन्धित थप पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायसँग पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतसहित सबै आम नगरबासी खेल प्रेमी महानुभाव, कनकाई माविका तत्कालीन व्यवस्थापन समिति, कनकाई सामुदायिक वनका अध्यक्षसहित समिति यहाँका युवा वर्ग लगायत सबैको अथक प्रयासबाट यो कवर्ड हल निर्माणको कार्य सुरु गरिएको जानकारी गराउदै सबैसँग सहकार्य गर्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव समेत दिनुभएको छ ।

कनकाई खेलकुद विकास समितिका पूर्वअध्यक्ष जिवन तिम्सिनाले समितिको पहिलो बैठक मै सुविधा सम्पन्न कवर्ड हल निर्माण गर्ने निर्णय भएको बताउनुभयो । सबैको साथ र सहयोगबाट कवर्ड हल निर्माण हुने चरणमा पुगेको बताउनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ४ वडाध्यक्ष रोशन सुवेदीले सघन सहरी विकास मन्त्रालयबाट प्राप्त भएको एक करोड बजेट प्राप्त भए पनि रू ८० लाख टेण्डर लागेको बताउनुभयो । कनकाई माविको चार बिघा जग्गा भाडामा लिएर नगरपालिकाले कवर्ड हल निर्माण गर्न लागेको बताउनुभयो ।

३४ मिटर लम्बाई र २० मिटर चौडाइको कवर्ड हल निर्माणको ठेक्का केपी पाथीभरा कन्ट्रक्सन प्रालि कनकाई–६ ले पाएको छ । ठेकेदार भोला खड्काले सम्झौता अवधिभित्रै गुणस्तरीय कवर्ड हल निर्माण गर्ने बताउनुभयो ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]