बैशाख १९, २०८२ शुक्रबार

दुर्घटनामा दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

विराटनगर । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कटारीका इन्स्पेक्टर कमल बजगाईँका अनुसार दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानून अधिकृत हुन् ।

मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।
वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]