बिर्तामोडमा दुई दिवसीय मिनि आर्ट फेयर
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दिवसीय मिनि आर्ट फेयर सम्पन्न भएको छ । इशा बुक्स बिर्तामोडको आयोजना र देही आर्ट काँकरभिट्टाको प्राविधिक सहयोगमा शुक्रवार फेयर सम्पन्न भएको हो ।
उक्त मिनि आर्ट फेयरमा इष्ट होराइजन धुलावारीमा फाइन आर्ट अध्ययनरत विद्यार्थीसहित अन्य आर्टिस्टहरु सहभागी भएका थिए । उनीहरुले लाइभ आर्ट गरेको इशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिए ।
लाइभ आर्टमा देही आर्टका छितेन शेर्पाले सहजीकरण गरेका थिए । आर्ट गर्ने विद्यार्थीसहित आर्टप्रति रुचि राख्नेहरुलाई अगुवा आर्टिस्ट शेर्पाले सहजीकरण गरेका थिए । शेर्पाका अनुसार समुदायमा रहेर आर्ट गर्न विद्यार्थीहरुलाई सरिक गराइएको हो । समुदायसँग घुलमिल गर्दै आर्ट गर्न सिकाइएको उनको भनाई छ ।
लाइभ आर्ट देखाउन विद्यार्थीहरुले दुई दिवसीय फेयरमा सहभागी भएका थिए ।