दुई वर्षपछि धनगढीबाट पक्राउ परे पताल गंगाका तत्कालिन अध्यक्ष खनाल
बिर्तामोड । सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेर फरार रेवती खनाल दुई वर्षपछि धनगढीबाट पक्राउ परेका छन् । बिर्तामोडस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. का तत्कालिन अध्यक्ष खनाललाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
गत बिहीवार जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराएको झापा प्रहरीले जनाएको छ । भोली जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।