बैशाख २१, २०८२ आईतबार

एनएमबी बैंकको झापामा सम्पदा पदयात्रा

बिर्तामोड । एनएमबी बंैकले शनिवार झापामा सम्पदा यात्रा गरेको छ । झापाको चारआलीस्थित पूर्व बस स्टेण्डदेखि सुरु भएको यात्रा बजार परिक्रमा गरी पाउ पाथिभरा मन्दिर परिसर पुगेको थियो । सो अवसरमा सम्पदा यात्रामा सहभागी बैंकर्सहरुले मन्दिर परिसरमा सरसफाइ गरेका थिए ।

१२ औं सम्पदा पदयात्राको अवसरमा आयोजित कार्यक्रममा बैंकमा आवद्ध एक सय बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्दै साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । एनएमबी बंैक लिमिटेड कोशी प्रदेशका कर्मचारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, वडाका जनप्रनिनिध र स्थानीय धर्मालम्बिहरुको सहभागिता रहेको थियो ।

बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणका लागि मन्दिर व्यवस्थापन समितिलाई डस्टविनका र अन्य सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको छ । सातै प्रदेशमा बैंकले सम्पदा यात्रा सम्पन्न गरेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]