बैशाख २२, २०८२ सोमबार

अपराधिक घटना न्यूनिकरण गर्न सबैसँग सहकार्य गर्छु : डिएसपी श्रेष्ठ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा आएका नयाँ डिएसपी बिजय श्रेष्ठले अपराध न्यूनिकरणमा सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै डिएसपी श्रेष्ठले अपराध नियन्त्रण नै पहिलो प्राथमिकता हुने बताए । उनले बिर्तामोडको शान्ति सुरक्षामा सबै निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।
यहाँ लागुऔषध, चोरी, यौनजन्य गतिविधि लगायतका विभिन्न समस्या बारे स्थानीयबाट धेरै जसो गुनासो आउने गरेको सूचना पाएको बताउँदै डिएसपी श्रेष्ठले सामाजिक विकृतिका रुपमा रहेका गतिविधि नियन्त्रण गर्न आफ्नो यूनिट परिचालन गर्ने बताए ।

डिएसपी श्रेष्ठलाई पत्रकारहरुले सञ्चारमैत्री भएर काम गर्न आग्रह गर्दै बिर्तामोड क्षेत्रमा बढ्दै गएको लागुऔषध कारोवार र त्यसबाट हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूझाव दिए ।

प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]