बैशाख २३, २०८२ मंगलबार

अर्जुनधारामा मनोपरामर्श अभिमुखीकरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा मानसिक रोग सम्बन्धी ३ दिवसीय मनोपरामर्श अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।


२ नम्बर वडा कार्यालयको सभाहलमा शुरु भएको कार्यक्रममा स्थानीय समुदायमा क्षमता अभिवृद्धि र मनोसामाजिक समस्या न्यूनीकरण गर्ने उद्धेश्यले संचालन गरिएको हो । प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले ब्यानर बाचन गरेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा केन्द्रकी सदस्य हिमादेवी बिष्टले स्वागत मन्तव्यसहित औचित्यमाथि प्रकाश पारिन् ।

४५ जनाको सहभागिता रहने प्रशिक्षण कार्यक्रममा लैङ्गिक समानता तथा समावेशी विज्ञ अरुणा चौधरीले सहजीकरण गर्ने जलेश्वर सामुदायिक सिकाई केन्द्रकी परिचालिका मञ्जु दाहालले जानकारी दिइन् । केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको सभापतित्व र परिचालिका दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, वडा नम्बर – २ का कार्यवाहक वडा अध्यक्ष शर्मिला सुब्बा, वडा सदस्य विमला रोक्का लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रम २४ गते समापन हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]