बैशाख २३, २०८२ मंगलबार

तिम्ल्याहा दिदीबहिनीलाई घरमै नागरिकता

बिर्तामोड – जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएका
व्यक्तिलाई घर मै पुगेर नागरिकता वितरण गरेको छ ।

वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षीया आकृती लिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नुभयो । उनिहरु तीन जनामध्ये ईन्तुसा ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् ।

वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जीवन पौडेल, कर्मचारी नारायण राजवंशीको टोलीले नागरिकता प्रदान गरेको हो ।

अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेका कारण घरमै पुगेर नागरिकता वितरण
गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]