बैशाख २४, २०८२ बुधबार

आ–आफ्नो पसलमा व्यवसाय गर्न कृषि बजार समितिको निर्देशन

बिर्तामोड । पसल किनबेच गर्ने व्यवसायीहरु विरुद्ध कृषि बजार व्यवस्थापन समितिले एक्शन लिने भएको छ । एक सूचना जारी गर्दै समितिले बैशाख मसान्तभित्र आ–आफ्नो पसलमा व्यवसाय गर्न निर्देशन दिएको हो ।

व्यवसायीहरुले बजार व्यवस्थापन समितिसँग व्यवसाय सञ्चालन गर्न कोठा वा ठाउँ भाडामा लिएर अर्कैलाई विक्री गरेको गुनासो बढेपछि सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, व्यवस्थापन समितिसँग व्यवसाय गर्न गरिएको सम्झौता बमोजिम आफ्नो पसलमा स्वयं व्यवसायीहरुले मात्र व्यवसाय गर्न पाउने सम्झौता छ ।

सम्झौता पत्रको दफा ५ मा व्यवस्था भए बमोजिम सो पसलमा अन्य व्यक्तिले पसन सञ्चालन गरेको पाइएको हुँदा बैशाख ३१ गतेसम्ममा आफ्नो पसलमा स्वयं व्यवसायीहरुले व्यवसाय गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । उक्त सूचनाको अवहेलना गरिएको पाइएमा कृषि बजार विकाश तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम कार्वाही हुने व्यहोरा जानकारी गरिन्छ ।

बजारका अध्यक्ष निरज ओलीले पसल एउटाको नाममा सम्झौता गरेर अर्कैले व्यवसाय गरिरहेको पाइएको जानकारी दिए । बजारभित्र ४० भन्दा धेरै व्यवसायीले त्यसरी आफुले व्यवसाय गर्ने भनेर सम्झौता गरे पनि अर्कैलाई विक्री गरेको पाइयो, अध्यक्ष ओली भन्छन् – सम्झौता जसको छ, उसैले व्यवसाय गर्नुपर्छ । कुनै पनि कारण देखाएर अर्को व्यक्तिलाई विक्री गर्न निर्देशिकाले दिदैं । व्यवस्थापन समितिलाई जिम्मा लगाउनुपर्छ ।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]