असार ८, २०८२ आईतबार

अदुवा खोलामा तटबन्धन गरिने

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर – १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको हो ।

योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज शिलान्यास गर्नुभयो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्धन गरिने भएको जनाईएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अहिले २ अर्ब भन्दा बढिका योजनाहरु सञ्चालन भईरहेको बताउनुभयो । उहाँले बुट्टाबारी– प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, चन्द्रमार्ग, गोकुल जोशी मार्ग लगायतका योजनाहरु नगर, प्रदेश र संघको बजेटबाट सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा विभिन्न कारणले लामो समयदेखि थाती रहेको तटबन्धन कार्य सुरु भएको बताउनु भयो । उहाँले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न सुझाव दिनु भयो । कार्यक्रममा पूर्व सांसद विमला विक, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]