बैशाख २५, २०८२ बिहीबार

दहिझोडा सामुदायिक वनभित्र लुकाईछिपाई राखेको १२ लाखको काठ बरामत

बिर्तामोड । झापाको अर्जुनधारा –४ स्थित दहिझोडा सामुदायिक वनभित्र लुकाईछिपाई राखेको १२ लाख मुल्य बराबरको साल जातको काठ बरामत गरिएको छ ।

वन इलाकाको खुड्किलो भन्ने स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेस खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बि.क.को कमाण्डमा ५ जना, कन्काई सब डिभिजन कार्यालय सुरुङ्गा र वन उपभोक्ता समितिको संयुक्त टोलीले आज उक्त परिमाणको काठ बरामत गरेको हो ।

अन्दाजी १२ लाख २५ हजार बराबरको ३५० क्यु.फिट साल जातको गोलिया काठ बरामद गरी आवश्यक कारबाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति एवं सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २५, २०८२ बिहीबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]