बैशाख २६, २०८२ शुक्रबार

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

काठमाडौ – पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो ।

लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् । २४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा यथार्थपरक र नेपाली समाज भित्रैकै विषयहरु समेटिएको छ । केहि कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले जनाएका छन् । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो पटक संग्रह सार्वजनिक गरिएको उनले जनाए ।

झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  ४ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]