बैशाख २६, २०८२ शुक्रबार

नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौँ, २६ वैशाख –  सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिनुभएको थियो ।
यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो । प्रतिनिधिसभा बैठकमा आव २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]