बैशाख २९, २०८२ सोमबार

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, २८ बैशाख । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।

सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरे पछि बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।

प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]