बैशाख २९, २०८२ सोमबार

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैनः प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, पुुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन  । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूूर्ण हो ।’’

 

प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]