बैशाख २९, २०८२ सोमबार

झापाको प्रहरी रिपोर्ट : हावाहुरीले केरा किसानलाई ५१ लाखको क्षति

बिर्तामोड । झापा प्रहरीले आइतवार साँझको हावाहुरीबाट बाह्रदशीका केरा किसानलाई ५१ लाख रुपैयाँ बराबरको क्षति पुगेको रिपोर्ट निकालेको छ । हालै रिपोर्ट सार्वजनिक गरेको झापा प्रहरीले किसानको ३० विगाको केरा खेतीमा क्षति पुगेको जनाएको छ ।

बाह्रदशी – ७ बत्तिसविगा क्षेत्रमा किसानले लगाएको केरा खेतीमा ठुलो नोक्सान पुगेको छ । स्थानीय १५ घर धुरीले ब्यक्तिगत लगाएको केराको बोटहरुमा क्षति पुग्दा आर्थिक रुपमा ठुलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ । हावाहुरीले सबै केराको बोट ढालेको छ ।

आज विहान केरा खेतीमा क्षति पुगेको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रनानि बल बहादुर राईको कमाण्डमा टोली अवलोकनमा पुगेको थियो । सो प्रहरी टोलीले ५१ लाख बराबरको क्षति भएको सूचना जिल्लालाई गराएको थियो ।

किसानले हावाहुरीका कारण ठुलो क्षति भएको हुँदा सरकारसँग सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार  १ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]