विर्तामोडमा जेठ ४ देखि ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
विर्तामोड । बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक बिक्रेता मेचीपावर मोवाइल ट्रेडले पहिलो पटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म बिर्तामोडको वान स्टप मल अगाडी (खड्का कम्प्लेक्ससँगैको खाली जग्गामा) मा आयोजना हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीको दाबी अनुसार बिर्तामोडमा नै पहिलो पटक हुन लागेको यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् । वान स्टप मल अगाडी आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न सक्नेछन् ।