१६ विद्यालयमा पुग्यो ‘हाम्रो मेचीनगर’
मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ शिक्षकहरुले धमाधम विद्यालय लान थालेका छन् ।
नयाँ शैक्षिक सत्र २०८२ का लागि नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ विद्यालय पुग्न थालेको छ ।

बैशाख अगाडि नै नगरपालिकामा छापिएर आएका पुस्तकहरु शिक्षकहरुको आन्दोलनका कारण रोकिएकाले भर्खर विद्यालयमा लान थालिएको हो । पुस्तक लाने क्रम जारी छ ।
कक्षा–२ देखि ८ सम्मका विद्यार्थीहरुका लागि प्रकाशन गरिएको ‘हाम्रो मेचीनगर’ पुस्तक अहिलेसम्म ४२ वटा सामुदायिक विद्यालयहरु मध्ये १६ वटा विद्यालयमा पुगिसके नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।
यसपटक चाँडै बजेट व्यवस्था भएकाले समयमा नै शिक्षकहरुले पुस्तकहरु विद्यालय लान थालेको उनको भनाई छ ।
यसपटक चाँडै बजेट व्यवस्था भएकाले समयमा नै शिक्षकहरुले पुस्तकहरु विद्यालय लान थालेको उनको भनाई छ ।
नगरपालिकाले यसपटक कक्षा–२ देखि ८ सम्मका विद्यार्थीहरुका लागि ६ हजार ५३३ वटा पुस्तक प्रकाशन गरेको थियो ।
नगरपालिकाले कक्षा–२ का लागि ६८६, कक्षा–३ का लागि ७२६, कक्षा–४ का लागि ८५२, कक्षा–५ का लागि ९३३, कक्षा–६ का लागि १०१८, कक्षा–७ का लागि १०६१ र कक्षा–८ का लागि १२५७ वटा पुस्तक छापेको थियो ।
नगरपालिकाले कक्षा–२ का लागि ६८६, कक्षा–३ का लागि ७२६, कक्षा–४ का लागि ८५२, कक्षा–५ का लागि ९३३, कक्षा–६ का लागि १०१८, कक्षा–७ का लागि १०६१ र कक्षा–८ का लागि १२५७ वटा पुस्तक छापेको थियो ।