जेष्ठ १, २०८२ बुधबार

अर्जुनधारामा ९० परिवारलाई घार मौरी

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका निम्न आय भएका कृषकहरुलाई एक कार्यक्रमका बीच घार मौरी वितरण गरिएको छ ।

जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा नगरपालिका कृषि विकास शाखा तथा सामाजिक विकास शाखाको संयुक्त साझेदारीमा मौरी प्रवद्र्धनका लागि घार मौरी गरिएको हो । उपभोक्ता समूहद्वारा कार्यालय परिसरमा आज आयोजित घार मौरी तथा सामग्री वितरण कार्यक्रममा यसअघि स्थानीय कृषकहरुलाई मौरी पालन सम्बन्धी दिएको प्रशिक्षणको प्रमाण– पत्रसहित टेकमाया श्रेष्ठ ,जयनारायण आचार्य ,रत्न बहादुर राई, रुपा राई, भवानी चापागाईं, हरि प्रसाद भण्डारी ,सन्तोष राई, प्रेम अधिकारी ,पञ्च बहादुर राई, लक्ष्मी खड्का ,ढकुल साउदेन ,देवराज नेपाल ,सोमनाथ आचार्य ,शुक्र बहादुर बराईली, सरस्वती चापागाईं, निर कुमार महत, बिजय शिवाकोटी ,चन्द्रलाल ढकाल ,मञ्जु भट्टराई खड्का लगायत ९० जनालाई जनही १-१ घार मौरी वितरण गरिएको थियो ।

अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपभोक्ता समूहका अध्यक्ष मोहन श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सोही अवसरमा केही दिन अगाडि कृषकहरुलाई २ दिवसीय मौरी पालन सम्बन्धी प्रशिक्षण दिई सहयोग पु¥याउने प्रशिक्षक एवं चुलाचुली गाउँपालिका कृषि विकास शाखाका प्रमुख सुभास दाहाललाई प्रशंसा –पत्र प्रदान गरिएको सचिव उर्मिला कटुवाल अधिकारीले जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिव उर्मिला कटुवालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुलीले मन्तव्य राख्दै पहिले – पहिले जंगलमा फलफूल प्रशस्तै हुन्थ्यो, जनावरहरु त्यहि खाएर बाँच्थे । अहिले वन – जंगल मासिन्दै गएर फलफूल पनि छैन्, जनावरहरु पनि लोप भएको बताइन् । भावी सन्ततिहरुका लागि हामीले किन संरक्षण गर्न सकेनौं ? उनको प्रश्न थियो । मौरी पालन गरेपछि खेतबारीमा बिषादि प्रयोग गर्नु अघि हानी पुग्छ कि पुग्दैन, ध्यान दिन कृषकहरुलाई सुझाव दिइन् । मौरी पालेको ठाउँमा हात्ती नआउने विश्वास समेत दिलाइन् ।

अर्को वक्ता एवं प्रशिक्षक सुभास दाहालले गरीबी तथा मानव रोग निवारण र वातावरण संरक्षणका लागि मौरी पालन गर्नु अति फाइदाजनक रहेको बताए । कार्यक्रममा कन्काई सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेश कुमार खनाल, अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कृषि विकास शाखाका प्रमुख एजिला बेडारी लगायतले आ– आफ्ना धारणा राखेका थिए । ९० घार मौरी सुरक्षित उपभोक्ताहरुको घर–घर पु¥याएर दिएको बताइएको छ ।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए । ९० घार मौरी सुरक्षित बेलुका उपभोक्ताहरुको घर–घरमा पु¥याएर वितरण गरिएको बताईएको छ । सो कार्यक्रममा सामाजिक विकास समिति संयोजक भोला परियार लगायत आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]