जेष्ठ ३, २०८२ शुक्रबार

निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तामाङ

बिर्तामोड । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ । बिर्तामोड नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित संगठनको दोश्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुनुहुन्छ ।

यस्तै संगठनको उपाध्यक्षमा साजन राई, सचिबमा टिका अधिकारी, सह–सचिबमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यहरुमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल सर्वसम्मत हुनु भएको हो ।

प्रमुख अतिथि पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले व्यानर वाचन गरेर अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय समितिका पूर्व उपाध्यक्ष देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य वशिष्ट अधिकारी, पेशागत महासंघ नेपाल झापाका अध्यक्ष तुलसी भण्डारी, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य छबि ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३, २०८२ शुक्रबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]