दमकका पूर्वप्रमुख बुढाथोकीको निधन
दमक – दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उहाँ केही समययता मुटु र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा ९एमाले०बाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
पछिल्लो समय एमाले छाडेर उहाँ माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गर्नुभएको छ । उहाँले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।