जेष्ठ ६, २०८२ सोमबार

जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ५ र ७ संयुक्त कैलाश घाट व्यवस्थापन समितिले एक कार्यक्रमका बीच घाटलाई आवश्यक जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

संस्थाद्वारा शनिबार वडा नम्बर ७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय सूर्योदय डेरी उद्योग प्रालिबाट आधुनिक घाट निर्माणका लागि ५ कठ्ठा नम्बरी जग्गा सहयोग भएकोमा प्रालिका संचालकहरुलाई सम्मान गरेको हो ।

वडा नम्बर – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा तथा वडा नम्बर –५ का वडा अध्यक्ष गीताराज खड्का (हरि ) को प्रमुख आतिथ्यतामा संचालक एवं जग्गादाताहरु प्रदिप मित्तल, रमेश निरौला, पुष्प आचार्य र कुमार थापालाई रुद्राक्षको मालासहित दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाका सचिव मेदनी प्रसाद ढुंगेलले जानकारी दिए ।

सचिव ढुंगेलले संचालन गरेको कार्यक्रममा घाट व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ पराजुलीले आधुनिक अन्त्येष्टि गृह निर्माण सम्बन्धी जानकारी गराएका थिए । उनका अनुसार सो ५ कठ्ठा जग्गा नाप –नक्सा गरी संस्थाको नाममा पास भइसकेकोले व्यवस्थित घाट निर्माण गर्न चाहिने बजेट संघीय र प्रदेश सरकारसँग मागका लागि प्रक्रिया अगाडि बढाइरहेको छ ।

आव. ०८१-०८२ भित्रै अन्त्येष्टि गृह निर्माण सम्पन्न गरिनेछ । लास जलाउँदा आधुनिक किसिमको मेसिन राखिने योजना सुनाए । अध्यक्ष पराजुलीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिद्वय खतिवडा र खड्का ,घाट व्यवस्थापन समितिका संरक्षक अध्यक्ष धर्मनन्द गुरागाँई, लेखा समिति सदस्य कृष्णप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]