जेष्ठ ६, २०८२ सोमबार

अर्जुनधारा माविको प्रअले किर्ते गरेको विषयमा ध्यानाकर्षण

शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा –४ वडा समितिले अर्जुनधारा माध्यमिक विद्यालय भाङबारीका प्रधानाध्यापक बेदमाया निरौलाले किर्ते कागज बनाएको भन्दै अर्जुनधारा नगरपालिका –४ वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यालयका प्रधानाध्यापक निरौलाले संचारकर्मी इन्द्रकुमार राईलाई तर्साउन किर्ते माइन्युट गरी केही दिन अघि पत्र थमाएपछि यस बिषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यसै बिषयलाई लिएर आइतवार रास्वपा वडा समितिका सभापति कुमार राईको नेतृत्वले स्थानीय सरकार एवं वडा अध्यक्ष अम्बर बहादुर कटुवाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, केही दिन यता सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा हाम्रो वडामा रहेको ६ दशक लामो इतिहास बोकेको एक मात्र अर्जुनधारा माविका प्रधानाध्यापकले विद्यालयको प्रतिष्ठा मै आँच आउने गरी किर्ते कागज बनाई कामकाज गरिरहेको भन्ने खबर प्रति हाम्रो पार्टी गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दछौं ।

कार्यक्रममा वडा सचिव नन्दलाल आचार्य , सदस्य पारस निरौला लगायतको उपस्थिति रहेको थियो । इजलास दैनिकका संवाददाता राईले गत वैशाख २४ गते आफ्नो फेसबुकमा विद्यालयको प्रअ नियुक्ति बारे टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]