जेष्ठ ९, २०८२ बिहीबार

मुक्ति समाजको अध्यक्षमा दोहोरिए मनोहर बिश्वकर्मा

काठमाडौं, जेठ ८ । नेपाल उत्पीडित जातीय मुक्ति  समाजको अध्यक्षमा पुनः मनोहन बिश्वकर्मा पौडेल निर्वाचित हुनुभएको छ । काठमाडौंमा बिहीवार सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट मनोहन पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन यही जेठ ५ गतेदेखि ७ गतेसम्म तय गरिएकोमा बिहीवार बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा अध्यक्षमण्डलका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिनुभयो ।

सम्मेलनले उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ । यस्तै महासचिवमा अनुभूति बम नेपाली, उपमहासचिवमा सोम पोर्तेल र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै निर्वाचन आयोगको अध्यक्षमा सुन्दर बिश्वकर्मा चयन हुनुभएको छ ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ ९, २०८२ बिहीबार  ३ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]