जेष्ठ १०, २०८२ शुक्रबार

चारआली क्षेत्रमा टेलिकमको कपर तार चोरी गर्ने दुई भारतीय पक्राउ

बिर्तामोड । झापाको मेचीनगर क्षेत्रमा टेलिकमले विजुलीको पोलमा जडान गरेका कपर तार चोरी गर्ने दुई जना भारतीयहरुलाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ प्रहरी चौकी सतिघट्टाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

चेकजाँचका क्रममा उनीहरुको साथबाट तामाको तार फेला परेको थियो । जिल्ला दार्जिलिङ पानीट्याङकी बस्ने बर्ष २७ को तापच बरमण र २२ वर्षका अमित सरकारको साथबाट प्रहरीले एक सय केजी तामाको तार ४ (चार) मुठा फेला पारेको थियो । तामाको तारको मुल्य ८० हजार हुने प्रहरीले जनाएको छ ।

उक्त तार मेचीनगर नगरपालिका वडा नं. १३ चारआली आसपास क्षेत्रबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुलेको छ । नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको प्रहरीमा निवेदन दिएको हुँदा उनीहरु विरुद्ध ५ को म्याद थप गरी थप अनुसन्धान थालिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८२ शुक्रबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]