पत्याइएका प्रसाईं : बौद्धिकलाई छोडेर अराजकको भीडमा पुगेको परिणती
प्रदीप परियार / टिप्प्णी
राजनीतिमा माओवादी, एमाले नेता हुँदै स्वतन्त्र राजावादीसम्मको पहिचान बनाएका दुर्गा प्रसाईं अहिले थुनामा छन् । आफ्नै आवेशपूर्ण प्रस्तुतिले उनलाई थुनामा र्पुयाएको छ ।
चैत १५ गते भएको तीनकुने घटनाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा र्पुयाएको हो । जहाँ निजी घरमा आगलागी, तोडफोड गरिएको थियो । एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । काठमाडौं अदालतले तीनकुने घटनामा मुख्य भूमिका निर्वाह गर्ने दुर्गा प्रसाईसहित ५० जना विरुद्ध मुद्धा चलाएको छ । त्यसमध्ये मेडिकल व्यवसायी प्रसाईं विरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । प्रसाईँसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
स्वास्थ्य सेवामा मुलुकमै उदाहरण पेश गर्न सफल दुर्गा प्रसाई कसरी यहाँसम्म पुगे रु प्रायस् देखिरहेकै छौं । देशकै गहना बनेको बिएण्डसीका परिकल्पनाकार प्रसाईं उक्साहट र उल्काईले यहाँसम्म पुगेका हुन् । दुई चार हुँदै सयौ“को समर्थन पाउँदै गएपछि ‘नेता नै भइयो’ भन्ने लागेका प्रसाई बौद्धिकहरुको सर्कल छोडेर अराजकहरुको भीडमा पुगे । त्यसैको परिणतीले प्रसाईलाई आजको अवस्थामा र्पुयाएको हो । सयौ“ डाक्टरलाई रोजगारी दिएका, सयौ“ नर्स र स्वास्थ्यकर्मीसँगै सयौँ युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारी दिएका प्रसाईंको लागि उपयुक्त ठाउँ अस्पतालको कक्ष नै थियो । जहाँ उपचार नपाएर आउने बिरामीहरुको सेवा हुन्छ । जहाँ गरिब विपन्नहरुले स्वास्थ्य सेवा पाउँथे । सेवाभावमा क्रियाशील प्रसाईं बौद्धिक जमातले पत्याएको, देशका शिर्ष नेताहरुले मानेका प्रसाईले आफूलाई धैर्य राख्नै सकेनन् । अधैर्यकै परिस्थितिले उनलाई अराजकहरुको भीडमा र्पुयाएको निश्चित छ ।
प्रसाईंले मनमा कस्तो स्वार्थ राखेका थिए, उनैलाई थाहा छ । तर, उनको पछि लाग्नेहरु ठिक स्वार्थमा लागेका होइनन् । प्रसाईंको पैसा र शक्तिको रजगजमा आफूलाई उभ्याउने स्वार्थसहित धेरै मान्छेहरु पछि लागे । जसलाई प्रसाईंले आफ्नो शक्ति ठाने । देशमा धेरै बेथिती र विकृतिहरु छन् । त्यसलाई समाधन गर्नुको विकल्प छैन । तर, त्यसको समाधानका लागि प्रसाइर्ंको पछाडि उभिएको भीडले सम्भव छैन ।
सामाजिक सञ्जालमा हेरिदिएबापत प्रसाईंलाई केही फाइदा थिएन । युट्युबरहरुलाई मात्र फाइदा थियो । उनीहरुले प्रसाईंलाई राम्रो आम्दानीको स्रोत बनाएका थिए । पब्लिकसम्म पुग्न युट्युबको साथ थियो । अराजक भाषणका लागि उक्साउने युट्युबरहरु थुनामा छैनन् । उनीहरुलाई प्रसाईंको जस्तो भाषण गर्ने मान्छे मात्र चाहिएको छ ।
मुद्दा दर्ता भएपछि सबैले आफूलाई पानीमाथिको ओभानो देखाइरहेका छन् । तीनकुने घटनाको सन्दर्भमा राप्रपाका नेता रविन्द्र मिश्रले आफू अतिथि मात्रै भएको बताइसके । अर्का नेता धवल शमशेर राणाले संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भन्ने दुर्गा प्रसाईं हुन्, मेरो कुनै भूमिका छैन भन्ने समाचार नै प्रकाशित भइसकेको छ । सबै दोष प्रसाईलाई लगाएर आफू उम्किने जोडबल गरिरहेका छन् ।
२४ घण्टा दुस्खी, गरिबहरुको वरिपरि सेवामा सक्रिय रहने दुर्गा प्रसाईलाई अहिले सबैले दोष थोपरेका छन् । अदालतले आफ्नो प्रक्रियाअनुसार काम गरिरहेकै छ । ठिक बेठिक भन्न हँुदैन । कानुनतस् जे फैसला हुन्छ । त्यो स्वीकार्य हुनैपर्छ ।
बौद्धिकहरुको साथबाट बाहिर जानु नै प्रसाइर्ंको लागि भूल भएको मान्न सकिन्छ । स्वास्थ्य सेवा जस्तो महान् कर्ममा लागिसकेका प्रसाईलाई अराजक भीडको नसाले बिगारेको हो । स्वास्थ्य सेवामा नशा लागिसकेको थियो । त्यो नशाबाट फुत्काएर अराजकताको नेतृत्व गर्न उक्साउनेहरु अहिले सबै आआफ्नो मेलोमेसोमा लागिसके ।
कहिल्यै पनि अराजक भीडको पछि लाग्न हुँदैन । बौद्धिक सम्पन्नताले भरिपूर्ण भीडलाई छोड्नुको परिणती प्रसाईले भोग्न परेको छ । क्षणभरमा आफैँ राजा बन्छु जस्तो, प्रधानमन्त्री बन्छु जस्तो शक्तिको भोक जगाइदिने अराजक भीड स्वार्थ र शक्तिको पछि कुदेको थियो । आफ्नो व्यवहार बिग्रेर, अर्काको व्यवहार बिगारेर समाधान खोज्नुको बदला प्रसाईंको पछि कुद्दा फाइदा देखेकाहरु अहिले कहाँ छन् रु के अभियान जारी राखेका छन् रु प्रसाईंको काँधमा बल्छी राखेर माछा मार्न खोज्नेहरु प्रसाईंका लागि जीवन्त हानिकारक छन् । अब प्रसाईंले त्यो अराजक भीडलाई छोडेर बौद्धिकहरुको भीडमा फर्किनु पर्छ ।