जेष्ठ १४, २०८२ मंगलबार

शिवसताक्षी ११ मा सार्वजनिक सुनुवाई

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो ।

वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि वडाले कम्तिमा पनि वर्षको एक पटक सार्वजनिक सुनुवाई गर्दै आएको वडाध्यक्ष बहादुर आङ्गबोले बताए । ‘वडाले संचालन गरेका हरेक योजना वडाबासीले जानकारी पाउनु उहाँहरुको अधिकार हो । उनले भने त्यसैले वडामा संघीय सरकार, प्रदेश सरकार , नगरपालिका र वडा कार्यालय मार्फत विनियोजन गरिएको बजेट कायन्वयनको अवस्था वडाबासी समक्ष जानकारी गराएका छौ ।

चालु वर्ष सञ्चालन भएको याजनाहरुमा विनियोजित बजेट र त्यसको कार्यान्वयको अवस्थामा वडाध्यक्ष आङ्बोले सार्वजनिक गरेका छन् । उनका अनुसार संघीय, प्रदेश र स्थानीयतह गरेर वडा नं. ११ मा ५ करोड ८९ लाखको बजेटबाट विकास निर्माणको काम गरिएको छ । पूर्वाधार विकास तर्फ २ करोड २३ लाख, तटबन्धन तर्फ ६७ लाख, पुल ड्रेन स्कुल, लगायत निर्माणमा ७६ लाख, गणेशमान अध्ययन प्रतिष्ठानको भवन निर्माणमा ३० लाख, नगर स्तरीय दूधे रंगशालामा ९१ लाख वडाका सिलिङ बजेट ४० लाख र खानेपानीका ६२ लाख तीनै तहका सरकारबाट वडामा प्राप्त गरेको बजेट रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा कार्यक्रम अवधि भर बसेर जनताका सुझाव, गुनासो र नगर तथा वडाका सवल पक्षका बारेमा जानकारी लिएका थिए । उनले यस्तो कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप जिम्मेवारी बनाउने बताए ।

उनले नागरिकबाट उठेका विषयहरुलाई मसिनो गरेर नगरले गरेको कामहरको जानकारी गराए । सिमित श्रोत साधान र बजेटका बाबजुत धेरै काम गर्ने रणीतिले काम गर्दै आएको नगरप्रमुखले बताए । उनले हामीलाई समय समय घचघच्याउन समेत आग्रह गरे । उनले भने, तपाइँहरुले आफ्नो कुरा नगरमै आएर राख्न पनि सुझाब दिए । आम नागरिकले दिएको सुझाबका आधारमै नगरपालिका अघि बढ्छ । आम नागरिकको अपेक्षा धेरै छ त्यो हामीले बुझेका छौ । नगरप्रमुख थोप्राले भने, शिवसताक्षीको भुगोल धेरै ठूलो छ । सरकारबाट आउने रकम वर्षेनी घट्दै आउने नगरपालिको सबै भुगोल समेट्नु पर्ने भएकाले आफुले चाहेर पनि नागरिकले अपेक्षा गरे अनुसार काम गर्न नसकेको बताए ।

वडाबासीको तर्फबाट पुष्पा लक्सम, दाताराम विष्ट, गंगाराम कडरिया, सहदेव राई, कुसुम बास्कोटा, देवेन्द्र खरेल , अग्नीप्रसाद चापागाई, प्रितम अधिकारीलगायतले जिज्ञासा राखेका थिए । उनीहरुले बाटो, तटबन्धन, निर्माणधिन एशियन हाइवेबाट बर्खामा हुन सक्ने क्षति, बाटो कालेपत्रे र शिवसताक्षीमा क्रिकेट मैदान चाहिन्छ भन्ने विषयमा जिज्ञासा राखे ।
वडास्तरीय योजनाबारेमा वडाध्यक्ष, संघ,प्रदेश र नगर स्तरीय योजनाको विषयमा नगरप्रमुखले जवाफ दिएका थिए । अनुगमनको विषयमा उपप्रमु्ख नरमाया कार्कीले जवाफ दिएकी थिइन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन समेत गरिएको थियो ।

सार्वजनिक सुनुवाईमा वडा सदस्य तथा जि.स.स सदस्य जुनु मोहोरा, सहभागीका रुपमा नेकपा एमालेका वडा कमिटी अध्यक्ष देवेन्द्र खरेल, नेपाली कांग्रेस वडा सभापति प्रितम अधिकारी, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष अग्नीप्रसाद चापागाईँ, राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीका सभापति गंगाराम कडरिया, पत्रकार लगायतको उपस्थिति रहेको थियो । शिवसताक्षी नगरपालिका वडा न. ११ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको संयोजक शिवसताक्षी मिडिया प्रालिले गरेको थियो भने, सञ्चालन पत्रकार तथा सम्पादक गोपाल काफ्लेले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]