जेष्ठ १४, २०८२ मंगलबार

गोकुल जोशी मार्गमा कालोपत्रे सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ ।

कछुवारीदेखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा मंगलवार कालोपत्रे सुरु गरिएको हो । बुधबारसम्ममा कालो पत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको भएको हो ।

यस मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भईरहेको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट काम भईरहेको छ । यस खण्डमा पनि सब वेसको काम सम्पन्न भएकोले केहिदिन भित्रमा कालो पत्रे गरिने वडाअध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

यस्तै चारपाने–घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर खण्डमा भौतिक योजना मन्त्रालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा.लिले काम गर्दैछ । यस क्षेत्रमा अलि गहिरो भाग रहेकोले प्लम निर्माणको काम द्रुत गतिमा भईरहेकोले यो महिना भरिमा कालोपत्रेको चरणमा पुग्ने वडाअध्यक्ष पौडेलले बताउनु भयो । सडक कालो पत्रे भएसँगै स्थानीय खुशी छन् ।

बिर्तामोडमा गोकुल जोशी मार्गसँगै बुट्टाबारी– प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, सहिद चन्द्रमार्गमा स्तरोनन्ति काम धमाधम भईरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]