गणतन्त्र दिवसमा कोशीका ७ जना अग्रज पत्रकारलाई सम्मान
विराटनगर । कोशी प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सात जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर जनही १ लाख नगदसहित उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे ।
सम्मानित हुनेमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने छन् । त्यस्तै सुनसरीकी यशोदा सेने, धनकुटाका राजेश्वरमान श्रेष्ठ, मोरङका मनोज दाहाल र मोहम्मद सदरुल छन् ।
पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनका लागि २० वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता क्षेत्रमा रहेकाहरूलाई सम्मान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती भण्डारी बताए ।