गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिक : महासचिव पोखरेल
काठमाडौँ, १५ जेठ : नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताउनुभयो । आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताउनुभयो ।
महासचिव पोखरेलले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेको वेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छीन गतिविधि भइरहेको बताउनुभयो ।
उहाँले गणतन्त्र विरोधि क्रियाकलाप भइरहेको वेला पार्टीले गणतन्त्रलाई जनताको उत्सवको रुपमा मनाउनुपर्दछ भनेर देशव्यापी रुपमा उत्सव मनाउन थालिएको बताउनुभयो । उहाँका अनुसार एमाले सवै पालिकामा गणतन्त्र दिवस मनाउन थालिएको हो । उहाँले उत्सव विभिन्न जातजातिका बाजागाजा सहित भव्य रुपमा मनाएको बताउनुभयो ।
उहाँले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व र नेपालको आफ्नो बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता सहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको बताउनुभाये ।
उहाँले कतिपय मानिसहरुले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिवबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर छ गुणामा सिमित भएको बताउनुभयो ।
महासचिव पोखरेल गणतन्त्रमा मध्यमवर्गको उद्य भइरहेको बताउनुभयो ।
“लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउने भन्ने कुरा मान्यतालाई स्थापित गरेको छौ । कतिले भन्ने गरेका छन्, संघियता बोझिलो भयो भन्ने गरेका छन् । संघियताले के दियो भनेर प्रश्न गर्न गरेका छन्, उहाँले भन्नुभयो, “ पञ्चायतको अन्तिममा समयमा ८ हजार किलोमिटर हाराहारीमा मात्र सडक पूर्वाधारका निर्माण भएको थियो ।”
सभा अघि एमालेले भेषभूषा, सांस्कृतिक झाकी ¥याली निकालेको थियो ।
विहान ११ बजेदेखि एमालेले आरआर क्याम्पस, पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा,सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर वृहत ¥याली निस्केको थियो । र्याली शहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगि समापन गरिएको थियो । उत्सवमा पञ्चेवाजा, झ्याली, नेवारी सस्कृति झल्कने भेषभुषामा प्रर्दशन गरिएको थियो ।
उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागि हुनु भएको थियो ।
गत यहि जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।
गणतन्त्र उत्सवको ¥यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै ¥याली गर्ने गरिनेछ । नाराहरु ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, ‘नेकपा (एमाले) जिन्दबाद’ भन्ने नारा लगाउँदै ¥यालीमा प्रस्तुत गरिएको थियो ।