टिमाई खोलामा एक पुरुष मृत फेला
बिर्तामोड । झापाको मेचीनगर १० खयरडाँगीमा आज दिउँसो एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने ४०-४५ को पुरुष टिमाई खोलामा घोप्टो परी मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर प्राप्त हुन साथ तत्काल प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया भई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाईएको बताइएको छ ।
स्थानीयको भनाई अनुसार निज मृत मानिस यसै हप्ता धुलाबारी बजार क्षेत्रमा मागि खाई हिड्ने गरेका थिए ।