जेष्ठ १७, २०८२ शुक्रबार

१६ सय परिवारमा सभामुख घिमिरेको समवेदना

प्रदीप परियार 

बिर्तामोड । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा किनै कठिनाई हुने गरेको छ । तथापि, आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्नुभएको छ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ।

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । प्रतिनिधि सभाको सभामुख भएपछिको व्यस्तताले सदन नभएको बेला देश विदेशका कार्यक्रमसँगै आफ्नो निर्वाचन क्षेत्र आउने गर्नुभएको छ ।

उहाँले पछिल्लो आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न दुःखमा परेको परिवारसँगको भेटघाटलाई प्राथमिकता दिदंै आउनुभएको छ । विभिन्न कार्यक्रमको शिलशिलामा झापा क्षेत्र नं. २ मा सहभागी हुँदा सभामुख घिमिरेले मरिमराउ भएको घरमा समवेदना लिएर जाने गर्नुभएको छ ।

समवेदनाको कार्यक्रमलाई सभामुख घिमिरेको अनुपस्थितिमा पनि निरन्तरता दिने गरिएको सचिवालयका सदस्य हिमाल मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार सम्माननीय आउनु भएको बेला समय मिलाएर आफै जानुहुन्छ, बाँकी समय हामीले नै लिएर जाने गरेका छौं । उहाँले भन्नभयो, सभामुखको अनुपस्थितिमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईसहित जनप्रतिनिधिहरु, स्थानीय अगुवाहरु मार्फत समवेदना पत्र लिएर जाने गरेका छौं ।

सभामुखको सचिवालय सदस्य मैनालीले जेठ १५ गतेसम्म १६ सय १५ परिवारमा सम्माननीयको समवेदना पराइएको छ । बिर्तामोड, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र क्षेत्र बाहिर पनि समवेदना पुराउने गरिएको मैनालीले जानकारी दिनुभयो । पहिलो वर्ष ३९५, दोस्रो वर्ष ७८० र तेस्रो वर्षको जेठ १५ सम्म ४४२ परिवारमा सभामुखको समवेदना पत्र पुराइएको छ । मैनालीका अनुसार क्षेत्र बाहिर ५६ परिवारमा समवेदना पुराइएको छ ।

सभामुख घिमिरेले आफ्नो निवाचन क्षेत्रमा सूचना पाएसम्म समवेदना पठाउने गर्नुभएको छ । आफू आउन नसक्दा पनि सम्माननीयबाट परिवारमा समवेदना पुग्दा शोकमा रहेको परिवारले गौरव गर्नुहुन्छ, मैनालीले भन्नुभयो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ बिहीबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]