जेष्ठ १९, २०८२ आईतबार

झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा

बिर्तामोड । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम र झापामा अति भारी भएको छ ।

इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर वर्षा भएको छ । यस्तै इलामकै बारपाङ स्टेसनमा २०८।२ मिलिमिटर वर्षा मापन भएको छ । झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा भएको छ । सप्तकोशी चतरामा १२८.४ र धरानबजारमा १३४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । त्यस्तै कन्काइ १२३।६ मिलिमिटर वर्षा भएको छ ।

१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०.५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०.१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षाको रुपमा मापन गरिने महाशाखाले जनाएको छ ।

यी ठाउँमा थप वर्षा हुने जल विभागले जनाएको छ ।

भारी वर्षाको कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा(रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो सम्म उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । यस वर्ष १५ दिन अगावै पूर्व भेगबाट बिहिबार रातिदेखि मनसुन भित्रिएको छ।

 

प्रकाशित मिति : जेष्ठ १८, २०८२ शनिबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]