सडकमा पानी झार्नेहरुको पाइप काट्न बिर्तामोड नगर प्रहरीलाई निर्देशन
बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रहरीलाई छतको पानी बाटोमा झार्नेहरुको पाइप काटिदिन निर्देशन दिइएको छ । नयर उपप्रमुख नगेन्द्र संग्रौलाले छतको पानी सडकमा झार्नेहरुको घरघरमा पुगेर पाइप काट्न निर्देशन दिएको जानकारी दिए ।
नगरपालिकाले गत फागुन महिनामा एक सूचना जारी गर्दै पानीकोे निकास व्यवस्थापन गर्न नगरबासीलाई सुचित गरेको थियो । पानी सिधैं सडकमा झारिदिदा कालोपत्रे सडक, पेवर्स, ग्रावेल विग्रिने, पैदलयात्रीलाई भिजाउने भएकाले २ महिनाभित्र व्यवस्थित गर्न सूचना जारी गरिएको थियो ।
सूचना जारी गर्दा समेत अटेर गर्नेहरुको घरमा गएर पाइप काटिदिन निर्देशन भइसकेकोले आपत्ति नजनाउन उपप्रमुख संग्रौलाले आग्रह गरेका छन् । घरबाट सडकमा पानी झारिदिदा सडकमा पानी समेत जम्ने गरेको छ ।