जेष्ठ २१, २०८२ मंगलबार

रास्वपा अर्जुनधारामा विजय

शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा नगर समितिको सभापतिमा विजय कुँवर सर्वसम्मत चयन भएका छन् । रास्वपा तदर्थ नगर समितिद्वारा शनिश्चरे बजार स्थित देवकोटा चोकमा शनिबार आयोजित प्रथम नगर अधिवेशनबाट कुँवर सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

अधिवेशनले कार्य समितिको उप–सभापतिमा इन्दिरा भट्टराई , सचिवमा देवेन्द्र मैनाली, सहसचिवमा रोमनाथ पाठकलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा ठाकेन्द्र प्रसाद चम्लागाई , ठग बहादुर भण्डारी, ठाकुर राजवंशी ,पारस मणि निरौला ,मात्रिका चापागाईं, महिला सदस्यहरु सावित्रा लिम्बू र इन्दु ढकाल चयन भएका छन् ।

त्यस्तै जिल्ला प्रतिनिधिमा चेत प्रसाद खनाल ,राजु खड्का ,सन्तोष निरौला र लक्ष्मी खतिवडालाई चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा नर बहादुर मगर र ठाकुर प्रसाद सुवेदी चयन भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जीत बहादुर भट्टराई र लोकनाथ खतिवडालाई चयन गरिएको निर्वाचन समितिका सदस्य नन्द कुमार चुडालले जानकारी दिए । समितिको कार्यकाल ५ बर्ष अवधि रहनेछ ।

कार्यक्रम रास्वपा तदर्थ नगर समिति अर्जुनधाराका सभापति टिआर गौतमको अध्यक्षता तथा सचिव देवेन्द्र मैनालीको संचालन रहेको थियो । प्रमुख अतिथि रास्वपाका नेता सन्तोष परियारले नव प्रवेशीहरुलाई घण्टीको बिल्ला लगाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ सोमबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]